कोरोना खोप लगाएको आधा घण्टामै एक पुरुषको मृत्यु
फाइल तस्बिर

कैलालीमा कोरोनाविरुद्धको खोप लगाएका एक पुरुषको आधा घण्टामा मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका- ४ का ५३ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको हो ।

उनले कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए ।

यद्यपि उनको मृत्यु के कारण भयो भन्ने पुष्टि हुन बाँकी रहेको छ । मृतकले पहिलो खोप गत मंसिर १३ गते लगाएका थिए ।
 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १६:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया