सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार बिहान मृत्यु भएको हो । 

उनलाई ६ माघमा पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो । अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

सुदूरपश्चिम प्रदेशमा संक्रमण दर उच्च छ । तर, गम्भीर प्रकृतिका संक्रमित भने धेरै कम छन् । कोरोना खोप लगाएकै कारण गम्भीर प्रकृतिका विरामीको संख्या नबढेको चिकित्सकको भनाइ छ । 

कोभिड संक्रमणको पछिल्लो मृत्यु हुनेहरूको प्रकृति हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ । 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ९:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया