भारतमा काेराेना : थप ३ लाख ६ हजार संक्रमित, ४३९ मृत्यु

भारतमा पछिल्लाे २४ घन्टामा तीन लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४३९ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यही अवधिमा २ लाख ४३ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या २२ लाख ४९ हजार ३३५ रहेको छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ९२ लाख ३७ हजार २६४ पुगेको छ भने हालसम्म चार लाख ८९ हजार ४०९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ४९.८७ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ९:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया