माओवादी नेता वर्षमान पुनले पार्टीमा महासचिव पदमा आफ्नो दाबी रहेको बताएका छन् । उनले आफू पार्टी सचिव भइसकेकाले पनि महासचिवमा आफ्नो दाबी स्वाभाविक भएको बताएका हुन् ।
लामो समयपछि जन्डिसको उपचार गरेर चीनबाट फर्किएका वर्षमान पुनले आज विमानस्थलमा यस्तो बताएका हुन् । उनी सोमबार साँझ काठमाडौं विमानस्थल आइपुगेका हुन् ।
पहिले बैंककमा उपचारका लागि गएका पुन त्यतैबाट चीनमा उपचार गर्न पुगेका थिए । उनले आफू उपचारको क्रममा रहेकाले महाधिवेशनमा भाग लिन नपाए पनि महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमप्रति आफ्नो समर्थन रहेको बताएका छन् ।
उनले आफ्नो उपचारमा पार्टीले सहयोग गरेको भन्दै पार्टीलाई धन्यवादसमेत दिएका छन् । सोमबार साँझ विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले चीनको अस्पतालमा पुनर्जीवन पाएको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।