धनुषसँग सम्बन्धविच्छेदपछि बाबु रजनीकान्तसँग ऐश्वर्या

दक्षिण भारतीय सेलेब्रिटी धनुष र ऐश्वर्याको सम्बन्धविच्छेद भएको धेरै दिन भएको छैन । १८ वर्षको लामो वैवाहिक सम्बन्ध यी दुईले केही दिनअघि सामाजिक सन्जालमा एउटा पोस्ट लेखेर टुंगिएको जानकारी दिएका थिए । 

सम्बन्धविच्छेदपछि यी दुवै जना आआफ्नो काममा व्यस्त छन् । दुवै जना कामका कारण एउटै होटलमा अहिले बसिरहेको पनि भारतीय मिडियामा समाचार आएको छ । फिल्म सुटिङका लागि धनुष त्यो होटलमा पुगेका हुन् भने ऐश्वर्या एउटा म्युजिक भिडियोको कामका लागि त्यहाँ पुगेकी हुन् ।

१४ फ्रेबुअरीमा भ्यालेन्टाइन्स डेको अवसरमा उनको यो भिडियो सार्वजनिक गरिने पनि बताइएको छ ।

अर्कोतिर, ऐश्वर्याले सामाजिक सन्जालमा बाबु रजनीकान्तसँगको एउटा तस्वीर राखेकी छिन् । अहिले पनि यसले भारतमा निकै चर्चा कमाएको छ ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार २१:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया