शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुनः खोप अभियान सञ्चालनमा आउने भएको छ ।
सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो ।
तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।