प्रचण्डलाई भेट्न वर्षमान खुमलटारमा
तस्बिर : प्रचण्ड सचिवालय

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) ले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका छन् । उनले आज बिहान खुमलटारस्थित निवासमै पुगेर प्रचण्डलाई भेटेका हुन् । 

पुन चीनमा उपचार गराएर सोमबार मात्रै स्वदेश फर्किएका थिए । भेटमा प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । ​

पुनले माओवादी केन्द्रमा महासचिव पदमा आकांक्षा देखिएका छन् । उनले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लना साथ पनि आफू माओवादी केन्द्रको महासचिव पदको स्वभाविक दावेदार भएको पनि बताएका थिए । 

‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो,’ सञ्चारकर्मीसँग पुनले भनेका थिए, ‘मैले चीनमा उपचार गराइरहँदा पनि भनेको थिएँ, यदी नेतृत्वले सहमति गरेमा मान्न तयार छु । यदी प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा गर्छु भनेकै हुँ ।’

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौँ महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन । उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ८:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया