एक सातामा विश्वमा थपिए सवा दुई लाख कोरोना संक्रमित, ५५ हजारभन्दा बढीको लियो ज्यान

पछिल्लो एक सातामा विश्वमा सवा दुई करोडभन्दा बढी कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा २ करोड २५ लाख ८ हजार १६२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 

अघिल्लो साताभन्दा पछिल्लो साता कोरोना संक्रमितको संख्या ७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता विश्वमा २ करोड १० लाख ४३ हजार ६९७ जना नयाँ संक्रमित थपिएका थिए । 

पछिल्लो साता कोरोना भाइरसका कारण विश्वमा ५५ हजार ३६३ जनाको मृत्यु भएको छ । अघिल्लो साता सोही कारण ५१ हजार ५७८ जनाको मृत्यु भएको थियो । 

पछिल्लो साता सबैभन्दा कोरोना संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा बितेको साता ४४ लाख ५० हजार ८४५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । 

सोही अवधिमा फ्रान्समा २५ लाख २६ हजार ३८५, भारतमा २१ लाख ८० हजार ९३१, इटालीमा ११ लाख ७६ हजार १९१, ब्राजिलमा १० लाख ५१ हजार ६४९, स्पेनमा ८ लाख ५६ हजार ३८७, जर्मनीमा ७ लाख ६२ हजार ७५९, अर्जेन्टिनामा ७ लाख ४३ हजार ३३४, बेलायतमा ६ लाख ४९ हजार ५०६ र टर्कीमा ४ लाख ९२ हजार ५३ जना संक्रमित थपिएका थिए । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १०:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया