बाबुराम भट्टराईलाई क्विसलिंगसँग तुलना गरे गोकुल बाँस्कोटाले, को हुन् क्विसलिंग ?

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय राजनीतिक शुन्यता सिर्जना गरेर शक्ति हत्याउने दाउ निकालेको आरोप लगाएका छन् । 

सामाजिक सन्जाल ट्विटरमा बाँस्कोटाले लेखेका छन्, ‘राजनीतिक शुन्यता सिर्जना गरेर शक्ति हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा. भट्टराई भन्ने नेपाली क्विसलिंग रहेछन् ।’

बाँस्कोटाले भट्टराईलाई नेपाली क्विसलिंग भनेर नर्वेका पूर्वप्रधानमन्त्री क्विसलिंगसँग तुलना गरेका छन् । 

सन् १८८७ मा जन्मिएका क्विसलिंग पहिले नर्वेको सेनामा जागिरे थिए । उनले पछि नाजीहरुसँग मिलेर नर्वेको नेतृत्व गरेका थिए । त्यति बेला नर्वे दोस्रो विश्वयुद्धमा जर्मनीको नाजी समूहको कब्जामा परेको थियो ।

सन् १९२९ मा नर्वेमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका क्विसलिंगले सन् १९४० मा नाजीहरुको समर्थनमा नै सरकार नेतृत्व गर्न चाहेका थिए । तर, जर्मनले उनको प्रस्ताव मानेन । पछि उनले सन् १९४२ देखि १९४५ सम्म नर्वेको प्रधानमन्त्रीका रुपमा सत्ता सम्हालेका थिए ।

तर, पछि दोस्रो विश्वयुद्धको समाप्तिपछि उनीमाथि नर्वेमा राजद्रोहको मुद्दा लागेको थियो । उनले हत्या गरेको र सत्ता लिनका लागि नाजीहरुसँग समेत मिलेको आरोप लागेको थियो । अदालतले उनलाई दोषी पायो । सन् १९४५ मा नै उनलाई मृत्युदण्ड दिइयो ।



क्विसलिंग अहिले देशद्रोहीका लागि जनाउने शब्दका रुपमा पनि लिइन्छ ।



  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १३:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया