भारतमा घट्न थाल्यो दैनिक कोरोना संक्रमितको संख्या
फाइल तस्वीर

भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितको संख्या घट्दै गइरहेको देखिएको हो ।

मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६४ जना नयाँ संक्रमित भएका थिए । आइतबारको तुलनामा सोमबार दैनिक संक्रमितको संख्या २७ हजार ४६९ ले घटेको थियो ।

भारतमा अहिले कोराना भाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिले एउटै अवधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १४:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया