देशभर थप १२ हजारमा कोरोना पुष्टि, संक्रमणबाट ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १२ हजार नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ ।

त्यस्तै कोरोनाबाट आज ८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ हजार ६६७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।

त्यस्तै आज देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १६:५१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया