पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो आज देशभर थपिएका कोरोना संक्रमितको कुल संख्याको आधाभन्दा धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २५ हजार ९०९ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ४ हजार ८७५, ललितपुरमा ७८२ तथा भक्तपुरमा ५१५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
काठमाडौंमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ तथा भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् ।
आज ३ हजार ४० जना निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ ।
त्यस्तै कोरोनाबाट आज ८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ हजार ६६७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।