हुम्लाको दुई गाउँपालिकामा दैनिक १८ घण्टा लोडसेडिङ

हुम्लाको दुईवटा गाउँपालिकामा दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुने गरेको छ । हेल्दुम साना जलविद्युत् आयोजनाका उपभोक्ता लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका छन् । 

यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ । पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउँदै सिमकोटमा लामो सयमसम्म विद्युत् भार कटौती गर्दै आएको हो । 

दिनमा १८ भन्दा बढी विद्युत् भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले विरोध पनि जनाउन थालेका छन् । आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्नसकेको जनाएको छ । 

जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १७:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया