कर्णाली : राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, दुई घेरामा सुरक्षा व्यवस्था

कर्णाली प्रदेशमा भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म निर्वाचनको तयारी गरिएको हो ।

कर्मचारी नियुक्त भई सामानसमेत बुझाइसकिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । दुईवटा मतदान केन्द्र तयार गरी मतदान अधिकृतसहित १८ जना कर्मचारी नियुक्ति गरिएको कार्यालयका नायब सुब्बा हीरानन्द पोख्रेलले जानकारी दिए ।

उनका अनुसार दुई घेराको सुरक्षा व्यवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ भएका छन् । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार नै आउन कार्यालयले आह्वान गरेको छ । जनस्वास्थय सेवा कार्यालय सुर्खेतले आपत्कालीन अवस्थाका लागि  हेल्थ डेस्क राख्नुका साथै एम्बुलेन्सको समेत व्यवस्था गर्ने तयारी रहेको पोख्रेलले बताए ।

निर्वाचनमा सहभागी हुन खोप लगाएको कार्ड तथा ४८ घण्टाभित्रको पिसिआर रिपोर्ट लिएर आउनसमेत कार्यालयले आह्वान गरेको छ । निर्वाचनमा तीन पदका लागि नेकपा एमालेबाट तीन जना र गठबन्धनबाट तीनजना गरि ६ जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशसभाका ३५ सदस्य र स्थानीय तहका १ सय ५६ पदाधिकारी गरि जम्मा १ सय ९१ जनाले निर्वाचनमा भोट हाल्नेछन् ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १८:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया