१४ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमित संख्या ८८९३४ पुगेको छ । 

हाल देशभर ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् । 

दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । 

कोरोना संक्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ४१ हजार ६३३, ललितपुरमा ९ हजार ६६८ र भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १९:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया