समानान्तर कमिटीप्रति  एमाले सुर्खेतको आपत्ति

सुर्खेतमा असन्तुष्ट पक्षहरूले समानान्तर कमिटी  बनाएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । सोमबार बसेको सचिवालयको पहिलो बैठकले पार्टीको विधानविपरीत गरिएका कार्य अवैधानिक भएको भन्दै त्यस्ता क्रियाकलापमा सहभागी नहुन सदस्यलाई निर्देशन दिएको हो ।

यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन माघ २८ र २९ गते तोकिएको तथा प्रतिनिधिको सम्बन्धमा प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको बैठकको निर्णयअनुसार नै माघ ८ गते प्रतिनिधि छनोट व्यवस्थापन समितिले प्रक्रियागत ढंगले गरेका भेला नै आधिकारिक हुने निर्णय गरेको हो ।

प्रदेश कमिटीमा प्रतिनिधि छानिएकाको समेत समानान्तर कमिटीमा नाम जोडिएकोले तत्काल आत्मआलोचना नगरेसम्म अधिवेशनमा प्रतिनिधि सिफारिस नगर्ने साथै क्षेत्र नं २  (क) अन्तर्रगत समानान्तर गतिविधिमा संलग्न माथिल्लो कमिटीलाई सचेत बनाउन निर्देशनको लागि केन्द्रीय कमिटी र प्रदेश कमिटीमा अनुरोध गर्ने, जिल्ला कमिटी सदस्य र स्थानीय कमिटी पदाधिकारी र सदस्यका सन्दर्भमा जिला कमिटीले नै स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो । 

बैठकले पाँच दलीय गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरि संविधान र कानुनको अपव्याख्या गरि संवैधानिक जटिलतामा मुलुकलाई धकेल्ने प्रसास गरेको भन्दै नेपाल सरकारलाई तोकिएको समयमा स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्ने निर्णय पनि गरेको छ।

समानान्तर कमिटी निर्माणमा संलग्न पक्षहरूले पार्टीको विधि र विधान विपरीत विभिन्न समयमा पत्रकार सम्मेलनको आयोजना गरि भ्रामक सूचना फैलाएकोप्रति आपत्ति जनाउँदै यस्ता क्रियाकलाप नगर्न आग्रहसमेत गरेको हो ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १९:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया