भीमार्जुनको प्रश्‍न : संविधान लेख्दा होस् नपुर्‍याउने, त्रुटि भयो भन्दैनौँ भनेर कति पतित हुने हो ?

संविधानविद् भीमार्जुन आचार्य स्थानीय तहको निर्वाचनमा प्रमुख समस्या दलीय स्वार्थ रहेको बताएका छन् । उनले संविधानले दिएको समयसीमाभित्र निर्वाचन सम्पन्न भएमा कुनै संकट उत्पन्न नहुन बनाउँदै समस्या दलीय स्वार्थ र तिकडमबाजीमा रहेको बताएका हुन् ।

उनले संविधान लेख्दा होस् नपुर्‍याउने अहिले लेखेको त्रुटि भयो मान्दैनौँ भनेर कहाँसम्म पतित हुनु हो ? भन्दै राजनीतिक तलहरूलाई प्रश्नसमेत गरका छन् ।

'५/६ सम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुँदैनन् । संविधानले दिएको समयसीमाभित्र निर्वाचन सम्पन्न भएमा कुनै संकट वा रिक्तता उत्पन्न हुँदैन । समस्या दलीय स्वार्थ र तिकडमबाजीको मात्र हो । संविधान लेख्दा होस नपुर्‍याउने अहिले लेखेको त्रुटि भयो, मान्दैनौँ कहाँसम्म पतित हुनु हो ?' उनले ट्विटमा लेखेका छन् ।

उनले अर्को ट्विटमा संविधानको धारणा २२५ मा लेखेको कुरा बाध्यात्मक रहेको उल्लेख गरेका छन् । 'संविधानको धारा २२५ मा महिना ह्रस्व वा दीर्घ जे लेखे पनि संविधान त संविधान नै हो। लेखेको कुरा बाध्यात्मक हुन्छ । कम्प्युटर मिस्टेक भयो कहाँ भन्न पाइन्छ' उनले थप लेखेका छन् ।

 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २१:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया