प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि...

राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशको निर्वाचनमा विवाद भएको छ । प्रदेश राजधानी हेटौंडामा जारी राष्ट्रियसभाको निर्वाचनमा विवाद भएको हो । 

हेटौंडा–८, औद्योगिक क्षेत्रमा जारी मतदानको क्रममा माओवादी केन्द्र प्रदेशसभा सांसदहरू हिमाली गोले, राजकाजी महर्जन र प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठबीच विवाद भएको हो ।  

प्रदेशसभा सदस्य गोलेले मतदान गरेपछि फोटो खिच्ने क्रममा विवाद भएको थियो । मतपत्रको फोटो खिचेसँगै प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले उनलाई रोकेका थिए । श्रेष्ठले सांसद गोलेको मोबाइल खोस्न थालेसँगै दुवैबीच झगडाको अवस्था सिर्जना भएको थियो ।

प्रदेशसभा सदस्य गोले र निर्वाचन अधिकृत श्रेष्ठबीच विवाद भएपछि माओवादीकै सांसद राजकाजी महर्जनले निर्वाचन अधिकृतको कठालो समातेका थिए । श्रेष्ठ ललितपुर क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद हुन् । 

प्रमुख निर्वाचन अधिकृतसँग विवादपछि महर्जन र गोले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई घटनाबारे जानकारी गराएर मतदानस्थलबाट बाहिरिएका छन् । 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ११:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया