प्रदेशसभा सदस्यको गाडीमा तोडफोड, सांसद यादवको हात भाँचियो

जनमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेशसभा सदस्यको गाडीमा तोडफोड गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताले मतदान गर्न आउँदै गरेका जसपा मधेस प्रदेशका सांसद अशोक यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड गरेका हुन् । 

सांसद यादव प्रदेशसभाका अर्थ समितिका सभापति पनि हुन् । प्रदर्शनकारीले उनको हातसमेत भाँचेका छन् ।

जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएको उनले बताए । 

यसअघि रामचौकमा जनमतका कार्यकर्ताले सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड गरेका थिए । 






  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १३:२१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया