राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेस नेता मिश्र निर्वाचित

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कांग्रेस नेता नारायणदत्त मिश्र निर्वाचित भएका छन् । मिश्रको प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८७२ मतभार पाएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डिल्ली राज जोशीले प्रदेशतर्फ ६२४ र स्थानीय तहतर्फ १२७२ मतभार प्राप्त गरेका छन् । 

यसअघि महिलातर्फ पनि एकीकृत समाजवादीकी गरिमा शाह र दलित तर्फ जगत पार्की निर्वाचित भइसकेका छन् । सुदूरपश्चिममा तीनै जना सत्तागठबन्धनबाट निर्वाचित भएका हुन् ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया