राष्ट्रिय सभा निर्वाचन : बागमतीमा गठबन्धनको सहज जित

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धनले जित हात पारेको छ । 

हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो । निर्वाचन परिणामअनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा (एस)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । 

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात २०८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात २१०६ मतभार प्राप्त गरेका थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात २७३६ मतभार गरी कुल ४८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गरे । 

नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २२५६ मतभार प्राप्त गरिन् । उनले कुल ४३६२ मतभार प्राप्त गरेकी थिइन् । 

एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरे । उनले प्रदेशतर्फ ४७ मत अर्थात् २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गरेका थिए । 

नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरिन् । काफ्लेले कुल ८४ मतभार प्राप्त गरिन् । 



नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार प्राप्त गरेका थिए । उनले कुल ८४ मत भार प्राप्त गरे ।



  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया