को हुन् सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य ?

सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचनमा तीनैजना सत्ता गठबन्धनबाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवारले हार व्यहोरेका छन् । 

गठबन्धनका तर्फबाट अन्यबाट उम्मेदवारी दिएका कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएका हुन् ।

प्राप्त मत परिणामअनुसार अन्यबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भए । मिश्रले प्रदेश सभा सदस्यबाट ५२ मत खसेकोमा ३९ मत प्राप्त गरे । मिश्रले स्थानीय तहतर्फ १७५ मत खसेकोमा १०४ मत पाए । उनको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८७२ छ । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १८६६ मतभार पाए ।

त्यसैगरी, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की मदनकुमारी शाह (गरिमा) निर्वाचित भएकी छन् । शाहले ३८६४ मतभार ल्याएकी हुन् भने उनको प्रतिस्पर्धी नेकपा एमालेकी सन्तोषकुमार शर्मा थापाले १७२६ मतभार ल्याएकी थिइन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीसँग पराजित भएकी गरिमा शाह राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी भएकी हुन् । शाह नेकपा एकीकृत समाजवादी (एस)की केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन् । पार्कीले प्रदेश सभा सदस्यका तर्फबाट ५२ मत खसेकोमा ३९ मत पाए भने यस्तै स्थानीय तहतर्फ १७५ मत खसेकोमा १०५ मत ल्यााए । 



उनको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८९० रहेको छ । उनका प्रतिद्वन्द्वी एमालेका नरेश विकले १७८२ मतभार पाए ।



  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १८:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया