मधेस प्रदेश : अन्यतर्फ सत्ता गठबन्धनका सिद्धिकी विजयी

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा अन्य समूहतर्फ सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजयी भएका छन् । 

पाँचदलिीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सिद्धिकी अन्य समूहतर्फबाट विजयी भएका हुन् ।
 
सिद्धिकीले ६ हजार ६७८ मतभार ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–लोसपा गठबन्धनका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७६६ मतभार ल्याएका छन् ।
 
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कुल ९ हजार ८१६ मतभार रहेको छ ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १९:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया