राष्ट्रिय सभामा कुन पार्टीका कति उम्मेदवार विजयी ?

राष्ट्रिय सभाको बुधबार सम्पन्न निर्वाचनमा सबैभन्दा बढी सिटमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। राष्ट्रिय सभा सदस्यको १९ सिटमा भएको निर्वाचनमा कांग्रेसले ६ सिट जितेको छ । 

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले पाँच–पाँच, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमाले एक–एक सिटमा विजयी भए । 

एमालेसँग मधेस प्रदेशमा तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पराजित भएको छ । निर्वाचनमा एमालेले सात सिट गुमायो भने कांग्रेसले तीन, माओवादी र एकीकृत समाजवादी, जसपा र जनमोर्चाले एक–एक सिट थपेका छन् । 

निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले गठबन्धन गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र एमलेबीच पनि गठबन्धन भएको थियो । 

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि प्रतिस्पर्धामा थिए। उनीहरुले जित हात पार्न सकेनन् ।


 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार २१:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया