यी हुन् राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्य, कसले कसलाई हराए कति मत पाए ?

कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले १९ मध्ये राष्ट्रिय सभा निर्वाचनमा १८ सिटमा निर्वाचन जितेको छ । संसदको प्रमुख विपक्षी दल एमालेले भने एक सिटमा चित्त बुझाउनुपरेको छ । 

एमालेबाट एक मात्र उम्मेदवारले निर्वाचन जिते । प्रदेश १ का सोनाम ग्याल्जेन शेर्पाले अपांगता–अल्पसंख्यक कोटाबाट सत्तारुढ गठबन्धनका हेमराज राईलाई पराजित गरे । राई जनता समाजवादीका उम्मेदवार हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार शेर्पाले ४७३४ मतभार र राईले ४३६८ मतभार प्राप्त गरे । 

प्रदेशबाट महिला र अन्य कोटामा सत्तारुढ गठबन्धनकै उम्मेदवार निर्वाचित भए । महिला कोटाबाट नेकपा एसकी जयन्ती राई र अन्य कोटाबाट कांग्रेसका गोपालकुमार बस्नेत निर्वाचित भएका हुन् । 

राईले ४६५२ र एमालेकी सुमित्रा भण्डारीले ४३६२ मतभार प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेलले १२० मतभार प्राप्त गरेकी थिइन् । 

अन्य कोटाबाट भने कांग्रेसका बस्नेत र एमालेका गुरु बरालले समान ४४८८ मतभार प्राप्त गरेका थिए । अन्ततः गोलाप्रथा प्रणालीबाट बस्नेत निर्वाचित हुन पुगे । 



मधेस प्रदेशबाट सत्ता गठबन्धनको तर्फबाट महिला कोटामा उम्मेदवार बनेकी उर्मिला अर्याल र अन्य कोटामा उम्मेदवार खालिद सिद्धिकी निर्वाचित भएका छन् ।

सिद्धिकीले ६६७८ र उनका प्रतिद्वन्द्वी उस्मान अन्सारीले २७६६ मतभार ल्याए । अर्यालले ६१५६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की रूपाकुमारी यादवले २७५४ मतभार प्राप्त गरिन् । 



बागमती प्रदेशमा नेकपा एसकी गोमादेवी तिमिल्सिनले ४८२४ मतसहित एमालेकी निरुकुमारी कुँवरलाई पराजित गरिन् । कुँवरले कूल ४३६२ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अन्यतर्फको गठबन्धनकै उम्मेदवार कृष्णप्रसाद पौडेल (कांग्रेस)ले ४७९४ र प्रतिद्वन्द्वी गोपालमान शाक्यले ४३४४ मतभार प्राप्त गरेका थिए । 

गण्डकीमा पनि गठबन्धनबाट महिलातर्फ कमला पन्त, दलितमा भुवनबहादुर सुनार र अन्यमा सुरेश आले मगर विजयी विजयी भए । 

पन्तले (३०८४ मतभार)ले प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतलाई (२७२४ मतभार) पराजित गरिन् ।

सुनारले एमालेका अर्जुनकुमार सुनामलाई पराजित गरे । सुनारले ३०४८ मतभार र सुनामले २७२४ मतभार प्राप्त गरेका थिए । अन्यतर्फ माओवादीका सुरेश कुमार आले मगर ३०९६ मतभारसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी पुण्यप्रसाद पौडेलले २६९४ मतभार प्राप्त गरेका थिए ।

लुम्बिनी प्रदेशबाट गठबन्धनकै राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), तुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस)का उम्मेदवार विजयी भएका छन् । उनीहरूले ४३७४ र प्रतिद्वन्द्वीहरूले ३३१२ मतभार प्राप्त गरेका थिए । 

उनीहरूका प्रतिद्वन्द्वीहरू एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्ता पराजित थिए । 

कर्णाली प्रदेशमा पनि गठबन्धका सबै उम्मेदवार विजयी भए । दुर्गा गुरुङ (कांग्रेस), नबरहादुर विष्ट (माओवादी) र उदय बोहरा (एकीकृत समाजवादी) निर्वाचित भएका हुन् । 

गुरुङले २९७०, विष्ट र बोहराले समान ३००६ मतभार प्राप्त गरेका थिए । उनहरूले एमालेका पदमबहादुर माझी, गंगा महत, चूडामणि शर्मालाई पराजित गरे । 

यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनको तीनैजना उम्मेदवार निर्वाचित भए । अन्यबाट उम्मेदवारी दिएका कांग्रेसका नारायणदत्त मिश्र (३७४४ मतभार), दलितमा माओवादी केन्द्रका जगत पार्की (३७६२ मतभार) र महिलामा एकीकृत समाजवादीकी गरीमा शाह (३८३४ मतभार) निर्वाचित भएका हुन् । 

उनीहरूबाट एमालेका डिल्लीराज भट्ट (१८६६ मतभार), नरेश विश्वकर्मा (१७८२ मतभार) र सन्तोषकुमार थापा (१७२८ मतभार) पराजित भए । 

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार २१:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया