भारतकाे बिहारमा विषाक्त मदिरा पिउँदा पाँच जनाकाे मृत्यु
प्रतिकात्मक तस्वीर

भारतकाे बिहार प्रदेशमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ । यसैगरी चार जनाको अवस्था गम्भीर रहेकाे छ । चारैजनाकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

यो घटना बक्सर जिल्लाको अन्सारी गाउँको हो ।

बक्सरका प्रहरी उपरीक्षक नीरजकुमार सिंहले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस विषयमा अनुसन्धान भइरहेकाे जानकारी दिए ।

गत वर्ष पनि बिहारको गोपालगञ्ज, बेतिया र सिवानमा नक्कली मदिरा सेवनबाट ५० भन्दा बढीको मृत्यु भएको थियो ।

यस वर्षको सुरुमा मुख्यमन्त्रीको गृहजिल्ला (नालन्दा) पछि छपरा जिल्लामा पनि विषाक्त मदिराकाे सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएको थियाे ।

प्रतिपक्षले निषेधाज्ञाको विषयलाई लिएर सरकारमाथि लगातार आक्राेश पाेख्दै आइरहेकाे छ । प्रतिपक्षीले मदिरामा प्रतिबन्ध लगाउँदा पनि मदिरा पाएकोमा प्रश्न उठाउँदै आएका छन्।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १३:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया