राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्ने जनप्रतिनिधिलाई कारबाही हुन्छ : एमाले
फाइल तस्बिर

राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिलाई नेकपा एमालेले कारबाही गर्ने भएको छ । नेकपा एमाले प्रदेश १ कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिलाई कारबाही गर्ने जनाएको हो ।

नेकपा एमाले प्रदेश राष्ट्रियसभा चुनावमा पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरूले अवाञ्छित हर्कत गरेको ठहर गर्दै कारबाही गर्ने जनाएको हो । नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले विज्ञप्ति जारी गर्दै अन्तर्घाती कदमको वस्तुनिष्ठ छानबिन गरी कारबाही गर्ने चेतावनी दिएका हुन् । 

'राष्ट्र, जनता, पार्टी, क्रान्तिका वैरीहरूले हाम्रो पार्टीविरुद्धमा चालेका षडयन्त्रको शिकार भएर पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरूले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवाञ्छित हर्कत गरेको पाइएको छ' विज्ञप्तिमा भनिएको छ, ‘पार्टी निर्णय र हितविरुद्धमा चालिएका अन्तर्घाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढ संकल्पित छ ।’





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २०:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया