जनगणना अन्तर्क्रिया सम्पन्न

जनकपुर– प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनारले आगामी राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने बताएका छन् । आगामी राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा केन्द्रीय तथ्यांक विभाग र तथ्यांंक कार्यालयद्वारा आयोजित प्रदेशस्तरीय अन्तर्क्रिया गोष्ठीमा मन्त्री सोनारले जनगणनाको प्रश्नावली सामाजिक विविधतायुक्त हुनुपर्ने बताए । 

संघीयताअनुरूपको यथार्थ तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिँदै उनले यथार्थले ओतप्रोत तथ्यांक ऐनाझैँ हुने र यसले समृृद्धिको यात्रालाई सघाउ पुर्याउने धारणा राखे । जातजाति, रोजगार, युवा पलायन, युवा, वृद्ध, प्रौढ, स्वास्थ्यचौकीमा पहुँच, धर्मान्तरण, भाषा, वन, अव्यवस्थित बसोवास, कृषिलगायत अवस्थाको तथ्यांक वास्तविकतामा आधारित हुनुपर्ने मन्त्री सोनारको भनाइ थियो । 

केन्द्रीय तथ्यांक विभाागका निर्देशक ढुण्डीराज लामिछाने आगामी जनगणना राष्ट्रिय जनगणनाको तथ्यांक संकलनमा पूर्ण गणना विधिको प्रयोग, घर तथा घरपरिवार सूचीकरण, व्यक्तिगत गणना र बहुनमुना दृष्टिकोण अपनाइने योजना रहेको जानकारी दिए  । 

अर्का निर्देशक शंकरलाल श्रेष्ठ र धनुषा जिल्लाका तथ्यांक अधिकृत प्रवीणकुमार चौधरीले आगामी राष्ट्रिय जनगणना २०७८ को तथ्यांक संकलनले एकीकृत तथ्यांक प्रणालीको विकासमा टेवा पुर्याउने धारणा राखे । 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १५:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया