सेती प्राविधिक शिक्षालयका प्रमुखले कुखुरा व्यवसायीसँग मागे रकम, परिषद्ले थाल्यो छानविन

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीका अनुसार कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको हो ।  

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । छानविन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ । यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । 

कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि यादवमाथि छानविन सुरु भएको हो । शिक्षालयमा पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोसाकमा समेत आर्थिक अनियमितता गरेको उनीमाथि आरोप लागेको छ । 





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १०:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया