भारतीय विदेशमन्त्री जयशंकर काेराेना संक्रमित

भारतीय विदेशमन्त्री एस जयशंकर काेराेना संक्रमित भएका छन् । 

बिहीबार पिसिआर परीक्षण गर्दा काेराेना संक्रमण पुष्टि भएकाे उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

जयशंकरले आफ्नाे सम्पर्कमा रहेका व्यक्तिहरूलाई पनि काेराेना परीक्षण गर्न आग्रह गरेका छन् ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म ४ कराेड ६२ लाख २ हजार ७०९ जनामा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ भने ४ लाख ९२ हजार ३२७ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ५०.८२ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाइसकेका छन् ।


 





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १४:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया