१० दिनमा ७२ जनाको मृत्यु, करिब ९० हजार सक्रिय संक्रमित

नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च छ । पछिल्ला १० दिनमा नेपालमा नयाँ कोरोना संक्रमति ९७ हजार पुगेका छन् । यस्तै, यही अवधिमा ७२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको तेस्रो लहरमा सबैभन्दा धेरै ८ माघमा १६ जनाले ज्यान गुमाएका छन् । त्यसपछि १३ माघमा १५ जनाको कोरोनाबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहरको तुलनामा तेस्रो लहरमा संक्रमितको संख्या बढी रहे तापनि मृत्यु भएन कम भएको छ ।

मन्त्रालयको तथ्यांक हेर्दा तेस्रो लहरमा ६ माघमा सबैभन्दा धेरै १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ । यसै दिन संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । त्यसपछि भने संक्रमितको संख्या घट्दै गएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।   

दैनिक संक्रमितको अवस्था हेर्दा पुस ५ गते ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ । यो दिन ४ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ७ माघमा ३ जनाको मृत्यु भएको थियो भने १० हजार ७०३ नयाँ संक्रमित थपिएका थिए । 

यस्तै, ८ माघमा १६ जनाको ज्यान गएको थियो भने १० हजार २५४ संक्रमित थपिएका थिए । ९ गते ४ जनाको मृत्यु भएको थियो भने ६ हजार ४६२ लाई कोरोना पुष्टि भएको थियो । अन्य दिन २०–२२ हजारको दरमा परीक्षण हुँदा उक्त दिन १७ हजारको मात्रै परीक्षण भएको थियो । 

यस्तै, १० गते ४ जनाको मृत्यु भएको थियो भने १० हजार ३१९ जनालाई कोरोना पुष्टि भएको थियो ।  ११ गते ८ जनाको मृत्यु भएको थियो भने उक्त दिन १२ हजार ८ नयाँ सक्रमित फेला परेका थिए । यस्तै, १२ गते ५ जनाको मृत्यु भने ८ हजार ४५४ मा कोरोना देखिएको थियो ।



यस्तै १३ गते १५ जनाको मृत्यु भएको थियो भने ८ हजार १७ संक्रमित भेटिएको थियो । आज कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ६ हजार ८२७ नयाँ संक्रमित देखिएका छन् ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्‍या करिब ९० हजार छ । आज जारी कोभिडसम्बन्धी विवरणमा ८९ हजार ९४१ जना सक्रिय संक्रमित छन् ।



यीमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा छन् भने १ हजार ८५७ जनामा मात्रै संस्थागत आइसोलेसनमा छन् । त्यस्तै, २५६ आइसीयू र ४५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ । अहिलेसम्म कोरोनाबाट ११ हजार ६९७ जनाले ज्यान गुमाएका छन् ।

परीक्षण घट्दै

कोरोना संक्रमण बढिरहे तापनि सरकारले परीक्षण दर भने खासै बढाउन सकेको छैन । पछिल्लो २० दिनको तथ्यांक हेर्ने भने औषतमा दैनिक २३ हजार हाराहारीको मात्रै कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमण भुसको आगो जसरी फैलिए तापनि कोरोना परीक्षण भएकोले संक्रमण कम देखिएको हो ।

  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १७:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया