राष्ट्र बैंकले १० अर्ब लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मंसिर ३० गतेसम्म ३ सय ६६ दिनमा त्रैमासिक रूपमा ब्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । 

बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलार्इ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ । 

बैंकले यही मंसिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई आठ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय बैंकलाई एक अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्तमा ५० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । 

त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्ने राष्ट्र बैकले जनाएको छ । 

यस्तै, घरजग्गा कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गर्ने संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारबाही नगरेको तथा कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ । 

बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएको भए कारबाही फुकुवा भएको ६ महिना पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको सेयर बिक्री गरेको हुनुपर्ने सर्त बैंकले राखेको छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १७:४९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया