युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धकाे त्रास नफैलाउन पश्चिमी देशहरूलाई अपिल गरेका छन् ।
जुनसुकै बेलामा पनि आक्रमण हुन सक्छजस्ता चेतावनीले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको उनकाे भनाइ छ ।
यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।
अर्कोतर्फ रुसले पनि निरन्तर यही कुरा गरिरहेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बारम्बार बताउँदै आएको छ ।
शुक्रबार रुसका विदेशमन्त्रीले मस्कोले युद्ध नचाहेको बताए ।
हाल युक्रेन र रुसकाे सीमामा करिब एक लाख सैनिक तैनाथ छन् । जसले गर्दा अमेरिका र पश्चिमी देशले लगातार युद्धको चेतावनी दिइरहेका छन् ।
उही समयमा, युक्रेनका राष्ट्रपतिले आफ्नो भर्खरैको वक्तव्यमा सेनाको यो तैनाथीलाई पछिल्लो पटकभन्दा ठूलो खतराको रूपमा नदेखेको बताएका छन् ।
सम्बोधनमा उनले देशभित्रको यस्तो त्रास र अस्थिरताको अवस्था देशका लागि सबैभन्दा ठूलो खतरा भएको बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई युक्रेनलाई कहिल्यै पनि नाटोको सदस्य बन्न नदिन र नेटो गठबन्धनले पूर्वी युरोपमा आफ्ना सबै सैन्य गतिविधि त्याग्न आग्रह गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।