ललितपुर– सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) मा रहेको चिप झर्ने समस्याले सेवाग्रही हैरान छन् ।
कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
टुक्रा खसेको गुनासो लिएर दैनिक सेवाग्राही आइरहेको प्रदेश नं ३ कार्यालय, एकान्तकुनाका शाखा अधिकृत रमेश पौडेल बताउँछन् । उनी भन्छिन्, ‘हामीले विभागलाई यसबारे जानकारी गराएका छौँ ।’
यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा गए पनि अहिलेसम्म सबै काम संघले नै गरिरहेको छ ।
कहिले स्मार्ट लाइसेन्स छपाइमा ढिलाइ, कहिले चिप खस्ने त कहिले सफ्टवेयरमा आउँने समस्याले सवारी चालक तथा लाइसेन्स लिन चाहने सेवाग्राही हैरान छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।