नेपाल बार एशोसिएसनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुन समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको विज्ञप्तिमा समयमै स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा र सम्बर्द्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग अपिल गरिएको छ ।
'कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन', विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभइ लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।'
नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र सङ्घीय संसद्, राष्ट्रियसभा लगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको छ । त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानुनले गरेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।