लुम्बिनीमा २४ लाखले लगाए दुवै डोज खोप
फाइल तस्वीर

लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । तीमध्ये २४ लाख जनाले दुवै डोज खोप लगाएका छन् ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो र तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएको जनाएको छ ।

सोमबार घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा निर्देशनालयले प्रदेशमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात जनाएको छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमणयता लुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको छ ।

प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १५:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया