बागमतीका दुई संसदीय सभापति सर्वसम्मत

बाग्मती प्रदेश सभाअन्तर्गत रिक्त रहेको दुईवटा संसदीय समितिले सोमबार पूर्णता पाएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालले मात्रैले सहभागिता जनाएको निर्वाचनमा दुईवटै सभापति सर्वसम्मत भएका हुन् । 

प्रदेश सभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो ।  

एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको थियो । 

एमालेको बहुमत रहेकाे कारण सत्तारूढ गठबन्धनले उम्मेदवार नै दर्ता नगराई निर्वाचन प्रक्रियामा सहभागी भएको हो । अर्थ र शिक्षा समितिको बैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरूलाई विजयी घोषणा गरिएको थियो । उनीहरूको आजै सपथ ग्रहण भएको छ  ।

अर्थ समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा समितिका सभापति घनश्याम दाहाल हालको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त भएको हो ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १६:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया