बागमती प्रदेशमा सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

उनका अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । 

त्यस्तै, मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ । 





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १०:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया