टोटेनहमका मिडफिल्डर एभर्टनमा अनुबन्ध

इंग्लिस क्लब एभर्टनले प्रिमियर लिगकै अर्को क्लब टोटनहमका मिडफिल्डर डेली अलीलाई अनुबन्ध गरेको छ । ​एभर्टनको जिम्मेवारी फ्रयांक लाम्पार्डले सम्हालेयता क्लबले दोस्रो खेलाडीको रुपमा अलीलाई भित्र्याएको हो । लाम्पार्ड सोमबारमात्रै एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

लाम्पार्डले प्रशिक्षण सम्हालेपछि एभर्टनले पहिलो खेलाडीको रूपमा म्यानचेस्टर युनाइटेडबाट लोनमा डोनी भान विकलाई सिजनको अन्त्यसम्मका लागि अनुबन्ध गरेको थियो । 

मिडफिल्डलाई बलियो बनाउन एभर्टनले पछिल्लो समय टोटनहममा प्रयाप्त मौका पाउन नसकेका अलीलाई भित्र्याएको हो । सम्झौताअनुसार उनी सन् २०२४ को जुनसम्म एभर्टनमा बस्नेछन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अली र एभर्टनबीच ४० मिलियन युरोमा सहमती भएको हो । सात वर्ष टोटेनहममा बिताएका २५ वर्षीय उनले क्लबका लागि २६९ खेलमा ६७ गोल गरेका छन् ।  





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १२:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया