काठमाडौं उपत्यकामा थपिए १९०७ संक्रमित, ४४ हजार सक्रिय

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा १ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४०४, भक्तपुरमा १९५ तथा ललितपुरमा ३०८ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा ४४ हजार ५३१ सक्रिय संक्रमित पुगेका छन् । काठमाडौंमा २९ हजार ५२०, ललितपुरमा ९७२३ र भक्तपुरमा ५२८८ सक्रिय संक्रमित छन् ।

यस्तै, यो अवधिमा देशभर ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज कोरोनाबाट ९ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १७:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया