फ्राइडे रिलिज
नेपाली हलमा आज ‘प्रसाद’ एकल प्रदर्शन

काठमाडौं– नेपाली हलमा आज नेपाली चलचित्र ‘प्रसाद’ एकल रूपमा चल्ने भएको छ ।

सुवास थापाको ब्यानरमा निर्माण भएको ‘प्रसाद’को लेखन सुशील पौडेलले गरेका हुन् । करिब १२ वर्षदेखि सिने पत्रकारिता गर्दै आएका सुशील पौडेल ‘प्रसाद’बाट फिल्म लेखनमा डेब्यु गर्दै छन् । फिल्मले एउटा निःसन्तान दाम्पतीको कथा उठान गरेको छ । 

सुभाष थापाको ब्यानरमा बनेको चलचित्र प्रसादमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । 

त्यसैगरी, वसुन्धरा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व, अन्नपुर्नेश्वरी शिल्ककार, लोकमनि सापकोटा, राजेश विसुरा, भोला साधा, अच्युत उप्रेती, सुनील बजगाईं, शश्वतजङ्ग शाहीलगायतका कलाकार सहायक भूमिकामा छन् । 

चलचित्रमा रहेको लै–लै बोलको गीत यतिबेला निकै चर्चामा छ । चलचित्रमा सुवास भुसालले संगीत दिएका छन् ।
 





  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार १०:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया