एजेन्सी– कोही पनि व्यक्तिको निधनपछि उसको शरीरका अंग अन्य जीवित व्यक्तिमा प्रत्यारोपण गर्नु अहिलेको समयमा सामान्य कुरा हो ।
तर संसारमा यो पहिलो घटना हो, जब कुनै मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गरिएको छ । यो मात्र होइन, गर्भाशय प्रत्यारोपण गरिएकी महिलाले एक स्वस्थ बच्चा पनि जन्माएकी छिन् ।
ब्राजिलको साओपाओलो सहरमा सन् २०१६ मा मृत महिलाको गर्भाशय निकालेर एक गर्भवती महिलाको शरीरमा प्रत्यारोपण गरियो । दस घन्टासम्मको प्रत्यारोपण कार्यबाट ती महिलाको उर्वराशक्तिको उपचार गरियो । यसअघि संसारमा मृत महिलाको गर्भाशय प्रत्योरोपण गर्ने कोसिस मात्र गरिएको थियो । तर ती सबै प्रयास असफल भएका थिए ।
कसरी सफल भयो त्यो शल्यक्रिया ?
यसमा जुन महिलाको गर्भाशय लिइएको थियो, उनी तीन सन्तानकी आमा थिइन् । मस्तिष्कमा रगत बग्ने कारणबाट उनको मृत्यु भएको थियो ।
गर्भाशय प्राप्त गर्ने महिला मेयर–रोकिटानस्की–होजर सिन्ड्रोमबाट पीडित थिइन्, जुन समस्या हरेक साढे चार हजार महिलामध्ये एकमा हुने गर्छ ।
यो सिन्ड्रोमको कारण योनि तथा गर्भाशयको सही तरिकाले विकास हुँदैन । तर गर्भाशय प्रत्यारोपण गरिएकी महिलाको अन्डाशय भने एकदम ठीक थियो ।
चिकित्सकले आमा बन्ने महिलाको शरीरमा अन्डा राख्नुभन्दा पहिले उनमा बाबु हुनेवाला व्यक्तिको गर्भाधान गराएका थिए ।
यसपछि ती महिलालाई यस्तो औषधि दिइयो जसबाट उनको रोग प्रतिरोधक क्षमता कम होस् । रोग प्रतिरोधक क्षमता बढेपछि त्यसले गर्भाशयमा ठीकसँग व्यवस्थित हुनमा अवरोध गर्न सक्थ्यो ।
त्यसको ६ सातापछि महिलालाई महिनावारी हुन थाल्यो । फेरि सात महिनापछि उर्वर अन्डालाई महिलाको गर्भाशयमा राखियो ।
त्यसपछि १५ डिसेम्बर २०१७ मा गर्भाशाय प्रत्योरोपण गरिएकी महिलाले शल्यक्रिया गरेर साढे दुई केजीकी स्वस्थ्य छोरीलाई जन्म दिइन् ।
साओपाओलोको अस्पतालमा संलग्न डा. दानी एजेनबर्ग भन्छन्, ‘जीवित दानकर्ताको गर्भाशयको प्रत्योरोपण मेडिकल क्षेत्रका लागि कठिन भएको थियो, यस घटनाले आमा बन्न असमर्थ कैयौं महिलालाई आमा बन्न सहयोग गर्नेछ ।
लन्डनस्थित इम्पिरियल कलेजमा संलग्न डा. सरदजान सासो भन्छन्, ‘यसको नतिजा निकै उत्साहजनक छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।