गृह मन्त्रालयमा पेस भयो स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने प्रस्ताव

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस भएको छ । निर्वाचन आयोगले मन्त्रिपरिषद् बैठकमा लैजानका लागि सो प्रस्ताव मन्त्रालयमा पेस गरेको हो । 

निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत मन्त्रिपरिषद्मा पेस हुने प्रावधान छ । मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्छ । 

मंगलबार निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएको थियो । त्यसको भोलिपल्टै आयोगले गृह मन्त्रालय​मा प्रस्ताव लगेको हो । 

आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीचको छलफलमा आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको थियो । 

बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै छ । भोलिको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने सम्भावना छ ।





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १९:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया