उज्वेकिस्तानमा पनि टिकटकमा प्रतिबन्ध लगाउन माग

भारत, पाकिस्तान र बंगलादेशपछि उज्वेकिस्तानमा पनि चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाउन माग गरिएकाे छ । 

देशको सोसल डेमोक्रेटिक पार्टीले बुधबार टिकटकमा पूर्ण प्रतिबन्ध लगाउन आह्वान गरेको हाे । पार्टीले एपले राम्रोभन्दा नराम्रो काम गरेको आरोप लगाएको छ ।

प्रतिबन्धको बावजुद पनि टिकटक प्रयोगकर्ताहरूसँग भिपिएन प्रयोग गरेर एपकाे प्रयाेग गर्नसक्ने भएकाले यस मुद्दामा पनि अनुसन्धान हुनुपर्ने पार्टीकाे भनाइ छ । 

गत हप्ता समरकन्द सहरमा एक टिकटक प्रयोगकर्ताले एक वृद्ध व्यक्तिलाई लात हानेको भिडियो  टिकटकमा देखिएकाे थियाे । उक्त भिडियाे सार्वजनिक भएपछि टिकटकमा प्रतिबन्ध लगाउने बारेमा छलफल हुन थालेकाे हाे ।

भारत सरकारले पनि सन् २०२० काे जुन २९ मा टिकटकमा प्रतिबन्ध लगाएको थियो । टिकटकबाहेक अन्य धेरै चिनियाँ एपहरू देशमा पूर्ण रूपमा प्रतिबन्धित छन् ।

गत महिना पाकिस्तानको एक अदालतले टिकटकमा साझा गरिएको ‘अनैतिक सामग्री’ प्रतिबन्ध लगाउन पाकिस्तान दूरसञ्चार प्राधिकरणलाई लिखित आदेश जारी गरेकाे थियाे । 



प्राधिकरणद्वारा पेस गरिएको प्रतिवेदन अनुसार एपबाट साढे दुई कराेडभन्दा धेरै भिडियो ब्लक गरिएको छ । 

टिकटकलाई पहिलो पटक पाकिस्तानमा सन् २०२० को अक्टोबरमा प्रतिबन्ध लगाइएको थियो । तर, कम्पनीले अश्लील अकाउन्ट ब्लक गर्ने आश्वासन दिएको १० दिनपछि प्रतिबन्ध हटाइएको थियो ।
 



  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार ९:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया