बलिउड अभिनेता साहरुख खानले फेरि फिल्ममा काम गर्न थालेका छन् । यसअघि उनले काम गरेको फिल्म जिरो नचलेपछि उनी ठूलो पर्दामा देखिएका थिएनन् । सन् २०१८ मा जिरोले व्यापार शून्य बराबर गरेको थियो । त्यसपछि उनी फिल्ममा देखिएका थिएनन् ।
अब उनी फिल्महरुमा अनुबन्धित हुन थालेका छन् । अहिले उनले गरिरहेको फिल्मको नाम हो, पठान । पठानको काम यो महिना सकिएपछि साहरुख खानले राजकुमार हिरानीको फिल्म सुरु गर्ने भारतीय मिडियामा उल्लेख गरिएको छ ।
चार वर्षपछि बलिउडमा फेरि देखिन थालेका साहरुख खानसँगै पठानमा चाहिँ दीपिका पादुकोण र जोन अब्रहामले पनि काम गरेका छन् । पठानलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् ।
राजकुमार हिरानीको आउने फिल्म चाहिँ अहिलेसम्म खुलासा भएको छैन । तर, पठानको सुटिङ सकिएलगत्तै साहरुख खानले यो फिल्ममा काम गर्ने बाहिर आएको छ । यो फिल्म पन्जाबको एउटा गाउँमा सुटिङ हुने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।