जनमतका महोत्तरी जिल्ला उपाध्यक्षसहित ६ जना पक्राउ

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । पूर्व–पश्चिम लोकमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका सो पार्टीका ६ जना नेता कार्यकर्तालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ पर्नेमा पार्टीका जिल्ला उपाध्यक्ष मकसुधन महतो, पिपरा गाउँपालिकाका धीरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका–६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–१ का वडाध्यक्ष वीरेन्द्र महतोलगायतका रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।

जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्नेलगायत ११ बुँदे माग राखेको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १६:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया