नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला रक्षामन्त्री बन्ने भएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेको स्रोतको दाबी छ ।
कांग्रेसको महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उममेदवार बनेर पराजित बनेकी उनले दोस्रो चरणमा सभापतिमा देउवालाई सघाएकी थिइन् । त्यसकै गुन तिर्दै देउवाले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि मन्त्री ल्याउन लागेका छन् । तर, सो मन्त्रालयमा कसलाई ल्याउने निश्चित छैन ।
निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवाले थप दुई मन्त्री बनाउन लागेका हुन् ।
यसअघि रक्षामन्त्री रहेका डा. मीनेन्द्र रिजालले नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएसँगै रक्षामन्त्रीबाट राजीनामा गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।