भारतको पुणेमा निर्माणाधीन भवन भत्किँदा सात मजदुरको मृत्यु

भारतको पुणेमा निमार्णाधीन भवनमा फलामको स्ल्याब खसेर सात मजदुरको मृत्यु भएको छ । गएराति भएको सो दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । 

दुर्घटना यरवडा क्षेत्रको शास्त्री वाडिया बंगला नजिक भएको हो । भवनको बेसमेन्टमा रहेको फलामको स्ल्याब भत्किँदा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु हुने अधिकांश व्यक्ति बिहारका हुन् ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनाप्रति दुःखसमेत व्यक्त गरेका छन् । ‘पुणेमा निर्माणाधीन भवनमा भएको दुर्घटनाले दुःखी भएको छु । शोक सन्तप्त परिवारजनमा समवेदना । यस दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ मोदीले ट्विट गर्दै भनेका छन् । 
 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार ८:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया