जनमत पार्टीका सडक केन्द्रित विरोध कार्यक्रम स्थगित
फाइल तस्बिर

सिके राउत नेतृत्वको जनमत पार्टीले लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ ।

गए रातिदेखि वर्षा र असिनाका कारण मौसम प्रतिकूल भएकाले कसैलाई बाटोमा बिचल्ली नहोस् भन्ने उद्देश्यले पूर्वघोषित लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरिएको जनमत पार्टीले विज्ञप्ति जारी गर्दै जनाएको हो ।

एक हप्तासम्म मौसम प्रतिकूल रहेन पूर्वानुमान रहेकाले जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने भएको छ । मौसममा सुधार आएपछि आन्दोलनका कार्यतालिका सार्वजनिक गर्ने पनि पार्टीका महासचिव चन्दन सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनमत पार्टीले किसानका माग सम्बोधन नभएको भन्दै पूर्व-पश्चिम राजमार्ग केन्द्रित प्रदर्शन गर्दै आएको थियो ।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १३:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया