राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ठगीको आरोपमा सुनसरी इटहरी उपमहानगरपालिका-५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई १८ माघमा राहदानी बनाइदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थिए ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १४:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया